गौशालामा छाताको अग्रता अझ कायमै ।।

महोत्तरी /  गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अझ अग्रता कायमै राखेका गरेको छ । आज वेलुकी ७ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृत स्रोतका अनुसार २६९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ७३१, उपमेयरमा ७४०, वडाअध्यक्षमा ६३७ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५५९, उपमेयरमा ५४८ र वडाअध्यक्षमा ५४६ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४१८, उपमेयरमा ४८१ र वडाअध्यक्षमा ४८२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३११, उपमेयरमा २१४ र वडाअध्यक्षमा १६८ मत हासिल गरेका छन् ।

मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३८१, उपमेयरमा ३६७ र वडाअध्यक्षमा ३५४ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ५६, उपमेयरमा ६३ र वडाअध्यक्षमा ६७ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत ३०२ मत हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार