मतगणनाको सुचना समयमै उपलब्ध नगराउँदा महोत्तरीका संचारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नका लागि सकस भएका छन् । स्थानियतहको निर्वाचन २०७९ को मतपरिमाणको लक्षित गरि महोत्तरी, धनुषा, सिरहा लगायतका मधेश प्रदेशका संचारकर्मीहरुले मतगणनाको सुचना सही एवम् समयमै नपाउँदा यहाँका आमनागरिकहरु छटपटिएका छन् ।
यसरी निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सुचना समयमै पत्रकारलाई सहज रुपमा उपलब्ध गराउने व्यवस्थापन नगराएकै कारण मधेश प्रदेशका पत्रकार तथा संचारकर्मीहरु समयमै समाचार सम्प्रेषण गर्नबाट बन्चित भएका हुन ।
नेपाल पत्रकार महासंघ महोत्तरीका सदस्य एवम् रेडियो गौशालाका पत्रकार दिनेश महतोका अनुसार संचारकर्मीलाई सहज सुचना नदिएकै कारण वाहिर हामीहरु जनतासमक्ष समयमै सुचना सम्प्रेषण गर्नका लागि असमर्थ भएको प्रतिक्रिया दिएका छन् । संचारकर्मी महतोले भने, ‘गौशाला नगरपालिकाको कार्यालयले निर्वाचनलाई लक्षित गर्दै छुटटै संचारकक्षको व्यवस्थापन गरेको छ । तर मुलगेटमै सहज प्रवेश गर्नमा कठिनाई गरेका छन् । जसले गर्दा यस्तो वातावरणको सिर्जना हुँदा सर्वसधारणहरु समयमै निर्वाचन सम्बन्धि गतिविधीबाट बन्चित भएका छन् ।’ हामीहरु यससम्बन्धमा यहाँका निर्वाचन अधिकृत मदनलाल जयसवालसँग वारम्बार अनुरोध गर्दा समेत सन्तोषजनक रुपमा सहज वातावरण निर्माण गर्न नसकेको महतोले बताए ।
हामी पत्रकारलाई सुचना सम्प्रेषण निम्ति सहज वातावरण निर्माणका लागि मुख्य निर्वाचन अधिकृतसँग छलफल गर्ने महोत्तरीका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले बताए ।
निर्वाचनको हरेक गतिविधीको पूर्णअधिकार सम्बन्धित पालिकाकै निर्वाचन अधिकृत मातहत रहेकोले यसमा मधेश सरकारले पुलको भुमिका मात्र निर्वाह गरि पत्रकारलक्षित हरेक दृष्टिगतले सहज वातावरण निर्माण गरिने मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहले भने, ‘पत्रकार समाजको चौथौ अंगको रुपमा परिभाषित रहेका छन् । तर निर्वाचनजस्तो संवेदनशील विषयमा सरोकारवाला निकायले समयमा सुचना उपलब्ध नगराउदा समयमा सुचना सम्प्रेषण गराउनबाट वन्चित भएका छन् । आमनागरिकलाई हरपरिस्थितीमा सही सुचना सम्प्रेषण गर्न कार्यमा तत्लिन पत्रकारहरु आफै मतदानजस्तो विषयवस्तुमा समयमै सुचना नपाउँदा आमनागरिक अझ अन्यौलमा रहेका छन् । हामी यस विषयमा सम्बन्धित सरोकारवाला निकायसमक्ष छलफलमार्फत समाधानको प्रयास गर्नेछौ ।’