महोत्तरी / गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अझ अग्रता कायमै राखेका गरेको छ । आज राति १० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृत स्रोतका अनुसार २८९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ७४७, उपमेयरमा ७५९, वडाअध्यक्षमा ६४४ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५७१, उपमेयरमा ५६५ र वडाअध्यक्षमा ५७१ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४२१, उपमेयरमा ४९२ र वडाअध्यक्षमा ४८९ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३६०, उपमेयरमा २२७ र वडाअध्यक्षमा १७४ मत हासिल गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३९३, उपमेयरमा ३७६ र वडाअध्यक्षमा ३६२ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ५९, उपमेयरमा ६५ र वडाअध्यक्षमा ७१ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत ३२५ मत हासिल गरेका छन् ।