गौशालामा जसपाको खाता खोल्यो, माओवादीको गढमा छाता छाप लहरायो ।।

धनवीर महतो
महोत्तरी / गौशाला नगरपालिकाको वडा नं. १ को वडाअध्यक्ष पदमा जनता समाजवादी पार्टीको तर्फबाट नविन साह विजयी भएका छन् । साहले ६५३ मत ल्याई वडा नं. १ को वडाअध्यक्षमा निर्वाचित भएका हुन ।


साहका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम वहादुर रानालाई ७३ मतले पराजित गरि विजयी हासिल गरेका हुन । उनका प्रतिद्वन्द्वी रानाले ५८० मत प्राप्त गरेका थिए । गौशाला नगरपालिका १ का कुल मतदाता ४२७८ रहेकोमा ३०७० मतदान भएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । त्यस्तै सो मध्ये २३८ मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।


त्यस्तै सो वडाको लोकतान्त्रिक पार्टी नेपालका उम्मेदवार रामहरी थापाले ५२८ मत हासिल गरेका थिए । त्यस्तै नेकपा एमालेका उम्मेदवारको ३७६, नेपाली काँग्रेसका दशरथ महतोले १८३, राप्रपाका सुवास श्रेष्ठले ७९ र स्वतन्त्रतर्फका राधेश्याम सापकोटाले ३६१ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।


त्यस्तै मेयर पदमा जसपातर्फका उम्मेदवार ७७९, उपमेयरमा ७९० मत हासिल गरेका छन् भने नेकपा माओबादीका मेयरतर्फ ५९७, उपमेयरमा ५८३, लोसपाका मेयरतर्फ ४२८, उपमेयरमा ५१५ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका ४१२, उपमेयरमा ३९१ र नेपाली काँग्रेसका मेयरतर्फ ३६९, उपमेयरमा २४२ मत हासिल गरेका छन् । राप्रपाका मेयरमा ६१, उपमेयरमा ७० मत हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार