बर्दिवास १४ मा स्वतन्त्र उम्मेदवार बिजयी

जेठ २ गते । महोत्तरीको बर्दिवास १४ मा स्वतन्त्र उम्मेदवार बिजय महतो बिजयी भएका छन् । ५ सय ८ मत प्राप्त गरी महतो विजयी भएका हुन् ।

निर्वाचन कार्यालय बर्दिवासका अनुसार महतोका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाल लाई १ मतले पछि पार्दै जित हात पारेका हुन् ।

हमालले ५ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । महतोलाई मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको पनि सहयोग थियो ।

प्रतिक्रिया