Saturday 5th of October 2024

बर्दिवासमा तीन स्वतन्त्र विजयी

0 Shares

महोत्तरीको बर्दिबास नगरपालिकामा चारवटा वडाको मतगणना परिणाम सार्वजनिक हुँदा तीनवटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

हालसम्म वडा नं। १ ७, ८ र १४ को मतपरिणाम सार्वजनिक भएको छ। जस मध्ये वडा नं. ८ बाहेक तीनवटै वडमा स्वतन्त्र ९जेब्रा० छापबाट विजयी भएका छन्।

वडा नं. १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोला खड्का निर्वाचित भएका छन् । उनले ८९६ मत ल्याएर निर्वाचित भएका हुन्।
खड्काले ४२४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बाबुकाजी चौलागाईंलाई पराजित गरेका हुन्। बाबुकाजीले ४७२ मत ल्याएका छन्।

त्यस्तै वडा नं। ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव ९भोरिल० निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र कुमार सिंहलाई १ मतले पराजित गर्दै विजयी भएका हुन्।

यादवले ७२७ ल्याउँदा पराजित नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७२६ मत ल्याएका छन्।

त्यस्तै वडा नं। १४ मा स्वतन्त्र उम्मेदवार विजय महतो निर्वाचित छन्। उनले ५ सय ८ मत प्राप्त गरी विजयी भएका हुन्।
महतो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतप्रसाद हमाललाई १ मतले पछि पार्दै जित हात पारेका हुन्।

हमालले ५ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए । महतोलाई मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको पनि सहयोग थियो ।

स्वतन्त्रबाट वडामा जितेकाहरु नेपाली कांग्रेसबाट मेयरका बागी अर्थात् स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया