गौशाला २ मा पनि ज.स.पा. अघि अघि ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायम गरेको छ । आज विहान ९ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ८०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ३२९, उपमेयरमा ३१९, वडाअध्यक्षमा २७० मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५८, उपमेयरमा ५९ र वडाअध्यक्षमा ६८ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ५०, उपमेयरमा ५२ र वडाअध्यक्षमा ६० मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १४३, उपमेयरमा १५० र वडाअध्यक्षमा १५३ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३, उपमेयरमा २ र वडाअध्यक्षमा ० मत हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार