Saturday 13th of July 2024

धनुषाको धनौजी गाउँपालिकामा झडप, २५ राउण्ड हवाइ फायर

0 Shares

जनकपुरधाम, जेठ २ गते । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।

झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया