
महोत्तरीको गौशाला २ मा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै गरेको छ । आज विहान ११.४५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ११०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५१६, उपमेयरमा ५०६, वडाअध्यक्षमा ४०१ मत हासिल गरेको छ ।
त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ७५, उपमेयरमा ८१ र वडाअध्यक्षमा ९२ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ७७, उपमेयरमा ७० र वडाअध्यक्षमा ९३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २२९, उपमेयरमा २३४ र वडाअध्यक्षमा २४४ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया