Monday 24th of June 2024

मिथिला न.पा. ३ मा एमालेले खोल्यो खाता, रामएकवाल विजयी

0 Shares

गौशाला:धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । मिथला नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार प्लानसहित विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार रामएकवाल महतो १५० मतान्तरले निर्वाचित भएका हुन् ।

उनले एक हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका रामउदगार महताले ९१९ मत पाएका छन् । तीन हजार ४०६ मतदाता वडा नं. ३ मा जम्मा दुई हजार ६१९ मत खसेको थियो ।

वडाअध्यक्षमा निर्वाचित भएका महतो अघिल्लो पटकको चुनावमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया