Monday 24th of June 2024

गौशाला नगरपालिका ३ को वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र चौधरी विजयी

0 Shares

गौशाला / गौशाला नगरपालिका वडा नं. ३ को वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडाअध्यक्ष चौधरीले ४४ मत अन्तरले विजयी हासिल गरेका छन् ।

May be an image of 5 people, people standing and outdoors

वडाअध्यक्ष चौधरीले ४४५ मत ल्याएर विजयी भएका हुन । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार फेकन महतोले ४०१ मत हासिल गरेका हुन । त्यस्तै वडाअध्यक्षका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विल्टु महतोले २४२ मत ल्याएको हो । यता नेकपा माओबादीका उम्मेदवार सतन साहले १९८ मत ल्याएका छन भने नेकपा एमालेका दिपेन्द्र रायले ११७ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

May be an image of 1 person and standing

विजयी भएका चौधरी यसअघि पनि सोही पार्टीबाट वडाअध्यक्ष पदमा निर्वाचित भई सफल कार्यकाल विताएका थिए । १९०३ मतदाता रहेको वडा नं. ३ मा १५११ मत खसेको थियो । जसमध्ये ८८ मत वदर भएका थिए भने १४२३ मत सदर भएका थिए।

प्रतिक्रिया