औरही न.पा.१ मा लोसपाबाट चौधरीको विजयी

महोत्तरी जिल्लाको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेका छन् ।

शनिबार दिउँसो २ बजे देखि शुरु भएको मतगणना परिणामा अनुसार लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले महोत्तरीको औरही नगरपालिका वडा नं। १ मा प्यानल सहितै वडा अध्यक्ष पदमा योगि चौधरी ५२९ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका सन्तोष कुमार यादव ५२५ मत मात्र ल्याउन सफल भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार