Monday 24th of June 2024

हरिपुर नगरपालिकामा कांग्रेसका गोपाल पँजियार निर्वाचित

0 Shares

सर्लाही ः जिल्लाको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पँजियार निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी भए।

पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका बुढाथोकीले तीन हजार ८८७ पाए। पँजियार लालबन्दीमा रहेको एभरेष्ट एकेडेमी तथा अक्सफोर्ड एकेडेमीका सञ्चालक हुन्।

नगरपालिकामा नेकपा एमाले दुई हजार २०० सय मतसहित चौथो भएको छ। तेस्रोमा पूर्वमेयरसमेत रहेका नेकपा (एकीकृत समाजवादी) जमरुद्दीन अन्सारी दुई हजार ८०५ मसहित तेस्रो भए।

प्रतिक्रिया