
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ बिजलपुरामा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह विजयी भएका छन् । ४३३ मत प्राप्त गरी सिंह विजयी भएका हुन् ।
निर्वाचन कार्यालय बर्दिबासका अनुसार सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिष समाललाई ३१ मतले पछि पार्दै जित हात पारेका हुन् ।
समालले ४ सय २ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । यस्तै, लोसपाका श्याम प्रसाद राउतले ३५८ मत ल्याएका छन् ।
प्रतिक्रिया