गौशाला न.पा.४ मा ज.स.पा.का डा. दिपेन्द्रको अग्रता ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता रहेको छ । आज साँझ ७.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता राखेको छ । स्रोतका अनुसार १०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ४४, उपमेयरमा ४३, वडाअध्यक्षमा ३० मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ११, उपमेयरमा १४ र वडाअध्यक्षमा १६ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४, उपमेयरमा ४ र वडाअध्यक्षमा ८ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १०, उपमेयरमा ११ र वडाअध्यक्षमा १९ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा १७, उपमेयरमा १५ र वडाअध्यक्षमा ६ मत हासिल गरेका छन् । जनमत पार्टी कोतर्फबाट मेयरमा ७, उपमेयरमा ८ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १२ रहेका छन् ।
यता स्वतन्त्रतर्फ लालटेनका मेयरमा १, उपमेयरमा १ र वडाअध्यक्षमा ५ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार