गौशाला न.पा.२ मा ज.स.पा.का डा. दिपेन्द्रको अग्रता कायमै ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ८.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १७५९ को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ८३१, उपमेयरमा ७९९, वडाअध्यक्षमा ५७८ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १०५, उपमेयरमा ११७ र वडाअध्यक्षमा १४० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ११४, उपमेयरमा १२२ र वडाअध्यक्षमा १४६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३५८, उपमेयरमा ३६७ र वडाअध्यक्षमा ३९३ मत प्राप्त गरेका छन् । यता स्वतन्त्रतर्फ पुतलीका मेयरमा ४७, उपमेयरमा ५० र वडाअध्यक्षमा २०६ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार