Saturday 15th of June 2024

गौशाला न.पा.४ मा ज.स.पा.का डा. दिपेन्द्रको अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज रातीे ९.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ८३, उपमेयरमा ८१, वडाअध्यक्षमा ६० मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ३०, उपमेयरमा ३५ र वडाअध्यक्षमा ३३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ११, उपमेयरमा ११ र वडाअध्यक्षमा १६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २४, उपमेयरमा २६ र वडाअध्यक्षमा ३९ मत प्राप्त गरेका छन् । यता स्वतन्त्रतर्फ गुलाबका मेयरमा २, उपमेयरमा २ र वडाअध्यक्षमा ४ मत प्राप्त त्यस्तै गरी जनमत पार्टी कोतर्फबाट मेयरमा १२, उपमेयरमा १४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १६ रहेका छन् ।
त्यस्तै स्वतन्त्रतर्फ लालटेनका मेयरमा १, उपमेयरमा १ र वडाअध्यक्षमा ९ र सिढीका मेयरमा ६, उपमेयरमा ५ र वडाअध्यक्षमा ६ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया