Monday 24th of June 2024

गौशाला न.पा.२ मा ज.स.पा.का डा. दिपेन्द्रको अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ७.०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २६६० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १२०३, उपमेयरमा ११५५, वडाअध्यक्षमा ८७९ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १७५, उपमेयरमा १९१ र वडाअध्यक्षमा २१९ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १८९, उपमेयरमा १९८ र वडाअध्यक्षमा २३९ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ५६०, उपमेयरमा ५७९ र वडाअध्यक्षमा ६०४ मत प्राप्त गरेका छन् । यता जनमत पार्टी कोतर्फबाट मेयरमा ६७, उपमेयरमा ६५ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६४ रहेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १०, उपमेयरमा १० मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३ रहेका छन् ।
त्यस्तै स्वतन्त्रतर्फ पुतलीका मेयरमा ८०, उपमेयरमा ८५ र वडाअध्यक्षमा २८२ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया