गौशाला न.पा.४ मा ज.स.पा.का डा. दिपेन्द्रको अग्रता कायमै ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ७.०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १००० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ३३४, उपमेयरमा ३२५, वडाअध्यक्षमा २५१ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १३३, उपमेयरमा १३९ र वडाअध्यक्षमा १४१ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ९२, उपमेयरमा ९१ र वडाअध्यक्षमा ८४ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १७३, उपमेयरमा १७८ र वडाअध्यक्षमा २३६ मत प्राप्त गरेका छन् । यता जनमत पार्टी कोतर्फबाट मेयरमा ५२, उपमेयरमा ५२ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६४ रहेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ९६, उपमेयरमा ८३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ५३ रहेका छन् ।
त्यस्तै स्वतन्त्रतर्फ लालटेनका मेयरमा ९, उपमेयरमा १० र वडाअध्यक्षमा ४४ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार