
महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ९.०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २८६१ को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १३००, उपमेयरमा १२४७, वडाअध्यक्षमा ९४३ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १८५, उपमेयरमा २०३ र वडाअध्यक्षमा २३३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १९८, उपमेयरमा २१० र वडाअध्यक्षमा २६२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ५८६, उपमेयरमा ६०६ र वडाअध्यक्षमा ६३२ मत प्राप्त गरेका छन् । यता जनमत पार्टी कोतर्फबाट मेयरमा ७२, उपमेयरमा ६९ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६८ रहेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १३, उपमेयरमा १० मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३ रहेका छन् ।
त्यस्तै स्वतन्त्रतर्फ पुतलीका मेयरमा ८६, उपमेयरमा ९१ र वडाअध्यक्षमा ३१३ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ
प्रतिक्रिया