गौशाला न.पा.४ मा ज.स.पा.को अग्रता कायमै, पछिपछि रुख

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान १० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १५०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ४५४, उपमेयरमा ४४८, वडाअध्यक्षमा ३५७ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १८८,उपमेयरमा १
९८ र वडाअध्यक्षमा २०० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १६४, उपमेयरमा १५५ र वडाअध्यक्षमा १४२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३०१, उपमेयरमा ३१० र वडाअध्यक्षमा ३८५ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १४०, उपमेयरमा १२६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ८६ मत प्राप्त यता जनमत पार्टी कोतर्फबाट मेयरमा ८०, उपमेयरमा ८३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ९४ रहेका छन् ।

त्यस्तै स्वतन्त्रतर्फ भर्याङका मेयरमा ३८, उपमेयरमा ३८ र वडाअध्यक्षमा ४२ मत प्राप्त, लालटेनका मेयरमा १२, उपमेयरमा १३ र वडाअध्यक्षमा ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित समाचार