Monday 24th of June 2024

गौशालामा जसपा १ हजार बढि मतले अगाडि ।।

0 Shares

गौशाला / स्थानियतहको निर्वाचनको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार डा दिपेन्द्र महतोले १ हजारभन्दा बढि मतअन्तरले अगाडि रहेका छन् ।
मंगलवार विहान ११ बजेको मतपरिमाणअनुसार डा महतोले २६९० मत प्राप्त गरेका छन् । त्यस्तै उनको निकटम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका वसन्त गुरुगले १६६६ मत हासिल गरेका छन् । त्यस्तै नेकपा माओबादीका विष्णु लामाले ११८४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार देवनारायण महतोले १०४४ मत हासिल गरेका छन् । नेकपा एमालेका उम्मेदवार अजयकुमार कुशवाहाले ६७२ मत प्राप्त गरेका छन् ।
यता, गौशाला नगरपालिकाको उपमेयरतर्फ जनता समाजवादी पार्टीकी उम्मेदवार रेणुकुमारी महतोले एक हजारभन्दा बढि मतले अग्रता कायम राखेका छन् । उपमेयर महतोले २९०० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी सुशिला कुशवाहाले १५९२ मत हासिल गरेका छन् । त्यस्तै नेकपा माओबादीकी जनकदुलारी साहले ११८७ मत प्राप्त गरेकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीकी लालकुमारी लामाले ११२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । ९ हजार २८ मत गणना गर्ने क्रममा ७८० मत वदर भएका थिए भने ८२४८ मत सदर भएको निर्वाचन अधिकृत मदनलाल जयसवालले बताएका छन् ।

 

प्रतिक्रिया