
गौशाला नगरपालिका वडा नं. २ को वडाअध्यक्षमा श्याम मण्डल निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीकातर्फबाट उम्मेदवारी दिएका मण्डलले ३२४ मत अन्तरले वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । प्यानल सहित विजयी भएका मण्डलले १०१० मत ल्याएका छन । त्यस्तै उनको निकटम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार सुरेश साह ६८६ मत ल्याएका हुन । यता सोही वडाका अन्य उम्मेदवारहरु नेकपा माओबादीका महेन्द्र साह २६६ मत ल्याएका हुन भने लोकतान्त्रिक समाजवादी पार्टीका शेष सलामले २९९ मत हासिल गरेका हुन । वहुजन एकता पार्टीका वडाअध्यक्ष २०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । त्यस्तै पुतली छापका स्वतन्त्रले ४४१ मत हासिल गरेका छन् । ३२९७ मतदान भएकोमा सो वडामा २७७ मत वदर भएका थिए भने ३०२० मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
भेदभावरहित सेवा दिईने वातावरण सिर्जना गर्ने प्रतिवद्धता
यसैवीच निर्वाचित भएलगतै प्रतिक्रिया दिदै नवनिर्वाचित वडाअध्यक्ष मण्डलले आफनो कार्यकालमा भेदभावरहित तवरले जनमैत्री कार्यसम्पादन गरिने धारणा राखेका छन् । वडावासीले कामकाज गर्न लागि आफुलाई चयन गरिएकोले जनताको कामकाज पहिलो प्राथामिकतामा राखि कार्यसम्पादन गरिने धारणा राखेका छन् ।
प्रतिक्रिया