गौशाला न.पा.४ मा ज.स.पा.को अग्रता कायमै

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो २ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १९८३ को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५८१, उपमेयरमा ५६१, वडाअध्यक्षमा ३९६ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २३५,उपमेयरमा २६० र वडाअध्यक्षमा २५४ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २३८, उपमेयरमा २३९ र वडाअध्यक्षमा २१४ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३३५, उपमेयरमा ३४२ र वडाअध्यक्षमा ५०५ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा २०८, उपमेयरमा १६४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १०७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ

 

प्रतिक्रिया

सम्बन्धित समाचार