
महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ३ः४५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ३७, उपमेयरमा ३९, वडाअध्यक्षमा ३७ मत हासिल गरेको छ ।
त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ९,उपमेयरमा ९ र वडाअध्यक्षमा ७ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ७, उपमेयरमा ८ र वडाअध्यक्षमा ६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २६, उपमेयरमा २५ र वडाअध्यक्षमा २६ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ३, उपमेयरमा ३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा २, उपमेयरमा १ र वडाअध्यक्षमा २ मत ,जनमत पार्टीतर्फ मेयरमा १३, उपमेयरमा १३ र वडाअध्यक्षमा १८ मत प्राप्तप्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ २ वटा, उपमेयरमा १ वटा, वडाअध्यक्षमा ० वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया