Saturday 5th of October 2024

गौशाला न.पा.५ मा पनि ज.स.पा.को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशाला नगरपालिका ५गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ६८, उपमेयरमा ६९, वडाअध्यक्षमा ६८ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २३,उपमेयरमा २५ र वडाअध्यक्षमा २० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १८, उपमेयरमा १७ र वडाअध्यक्षमा १३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ५१, उपमेयरमा ५१ र वडाअध्यक्षमा ५१ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ४, उपमेयरमा ५ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ७ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ४, उपमेयरमा २ र वडाअध्यक्षमा ३ मत प्राप्त, जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा १८, उपमेयरमा २० मत, वडाअध्यक्षमा २८ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ८ वटा, उपमेयरमा ६ वटा, वडाअध्यक्षमा ० वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया