गौशाला न.पा.५ मा ज.स.पा.को अग्रता कायमै ।।

महोत्तरीको गौशाला नगरपालिका ५गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ५.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ३०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १०५, उपमेयरमा १०५, वडाअध्यक्षमा १०५ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ३६,उपमेयरमा ३७ र वडाअध्यक्षमा ३१ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २८, उपमेयरमा २६ र वडाअध्यक्षमा २१ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ७५, उपमेयरमा ७६ र वडाअध्यक्षमा ७२ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ५, उपमेयरमा ७ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ११ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ५, उपमेयरमा ४ र वडाअध्यक्षमा ३ मत प्राप्त, जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा २९, उपमेयरमा ३१ मत, वडाअध्यक्षमा ४३ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ९ वटा, उपमेयरमा ७ वटा, वडाअध्यक्षमा २ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार