
महोत्तरी / भंगहा नगरपालिकाको मेयर पदमा संजिवकुमार साह अग्रता कायम गरेको छ । सो पालिकाको निर्वाचन अधिकृतको कार्यालयको अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका मेयरका उम्मेदवार साहले २६७० मत हासिल गरेका छन् ।
नेपाली काँग्रेसका विजय मण्डलले २०१४ मत ल्याएका हुन् । त्यस्तै नेकपा माओबादी केन्द्रका उम्मेदवार रामनारायण थारुले १८७३ मत प्राप्त गरेका छन् । यता लोकतान्त्रिक समाजवादी पार्टीका उपमेयरका उम्मेदवार गंगाकुमारीले २४४७ मत ल्याएका छन ।
त्यस्तै नेपाली काँग्रेसकी शान्तिकुमारी सिंहले २१६७ मत हासिल गरेका छन भने नेकपा माओबादी केन्द्रकी रेखाकुमारी यादवले १६९२ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय भंगहाले जनाएको छ ।
प्रतिक्रिया