Saturday 5th of October 2024

गौशाला वजारभित्रमा ज.स.पा.को अग्रता ।।

0 Shares

महोत्तरी / गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ६.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।

स्रोतका अनुसार ४ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १३७, उपमेयरमा १३८, वडाअध्यक्षमा १३४ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५१, उपमेयरमा ५१ र वडाअध्यक्षमा ४५ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ३२, उपमेयरमा ३१ र वडाअध्यक्षमा २५ मत हासिल गरेका छन् ।

यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १०२, उपमेयरमा ९८ र वडाअध्यक्षमा ९७ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ७, उपमेयरमा १३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १४ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ७, उपमेयरमा ५ र वडाअध्यक्षमा ५ मत प्राप्त, जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ३८, उपमेयरमा ४१ मत, वडाअध्यक्षमा ५७ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

वदरमतको संख्या अधिक

मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ १६ वटा, उपमेयरमा १४ वटा, वडाअध्यक्षमा वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया