गौशाला वजारभित्रमा ज.स.पा.को अग्रता कायमै ।।

महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ७.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ५ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १७४, उपमेयरमा १७७, वडाअध्यक्षमा १७० मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ६५, उपमेयरमा ६७ र वडाअध्यक्षमा ६० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४१, उपमेयरमा ३९ र वडाअध्यक्षमा ३२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १२६, उपमेयरमा १२० र वडाअध्यक्षमा १२२ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १०, उपमेयरमा १६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १७ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ८, उपमेयरमा ९ र वडाअध्यक्षमा ६ मत प्राप्त, जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ४७, उपमेयरमा ५० मत, वडाअध्यक्षमा ६७ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ १८ वटा, उपमेयरमा १५ वटा, वडाअध्यक्षमा १० वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार