Friday 4th of October 2024

गौशाला ४ मा ज.स.पा.को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशाला नगरपालिका ४ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ७.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २२ सय तिरासीको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ६२२, उपमेयरमा ६०१, वडाअध्यक्षमा ४०३ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २३४, उपमेयरमा १८५ र वडाअध्यक्षमा ११८ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ३३५, उपमेयरमा ३१९ र वडाअध्यक्षमा २३८ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३६७, उपमेयरमा ३६८ र वडाअध्यक्षमा ६३० मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा २३४, उपमेयरमा १८५ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ११८ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा १८, उपमेयरमा ३३ र वडाअध्यक्षमा ३९ मत प्राप्त, बहुजनतर्फबाट मेयरमा ४२, उपमेयरमा ४२ मत, वडाअध्यक्षमा ५० स्वतन्त्रको लालटेनतर्फबाट मेयरमा १५, उपमेयरमा १४ मत, वडाअध्यक्षमा ८३ मत गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ २७६ वटा, उपमेयरमा ३१२ वटा, वडाअध्यक्षमा २३४ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया