गौशाला नगरपालिका ५ मा ज.स.पा.को दबदबा कायमै ।।

महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ९.१५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ६ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १९१, उपमेयरमा १८७, वडाअध्यक्षमा १८७ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ७७, उपमेयरमा ९० र वडाअध्यक्षमा ७३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ५८, उपमेयरमा ५४ र वडाअध्यक्षमा ३५ मत हासिल गरेका छन् ।

यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १५४, उपमेयरमा १३३ र वडाअध्यक्षमा १४० मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १५, उपमेयरमा २३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३१ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ८, उपमेयरमा ६ र वडाअध्यक्षमा ८ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा ४८, उपमेयरमा ५२ मत, वडाअध्यक्षमा ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ३७ वटा, उपमेयरमा ४३ वटा, वडाअध्यक्षमा २९ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार