महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ १२.०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ८ सय एकको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ २५२, उपमेयरमा २५६, वडाअध्यक्षमा २४१ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ९५, उपमेयरमा ११४ र वडाअध्यक्षमा ९७ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ७८, उपमेयरमा ७३ र वडाअध्यक्षमा ४५ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १९९, उपमेयरमा १७१ र वडाअध्यक्षमा १८३ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा २३, उपमेयरमा ३१ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ४० मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा १९, उपमेयरमा १३ र वडाअध्यक्षमा १५ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा ६०, उपमेयरमा ६५ मत, वडाअध्यक्षमा ११६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ६३ वटा, उपमेयरमा ६५ वटा, वडाअध्यक्षमा ४५ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।