गौशाला ४ मा ज.स.पा.का मेयर,उपमेयरको दबदबा कायम,ै वडामा कांग्रेस अगाडी

महोत्तरीको गौशाला नगरपालिका ४ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ १२.०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार २७ सय चौरासीको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ६८९, उपमेयरमा ६६२, वडाअध्यक्षमा ४३८ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ३१६, उपमेयरमा ३५२ र वडाअध्यक्षमा ३३२ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४५८, उपमेयरमा ४१९ र वडाअध्यक्षमा २८१ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४९२, उपमेयरमा ४९२ र वडाअध्यक्षमा ८३१ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा २७५, उपमेयरमा २२४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १४७ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा २७, उपमेयरमा ४९ र वडाअध्यक्षमा ५१ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा १२०, उपमेयरमा १३० मत, वडाअध्यक्षमा १९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ३२० वटा, उपमेयरमा ३६९ वटा, वडाअध्यक्षमा २७४ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार