गौशाला ५ मा ज.स.पा.अघिघि, कांग्रेस पछिपछि

महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ६.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १६ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५२७, उपमेयरमा ५२६, वडाअध्यक्षमा ५०५ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा १९२, उपमेयरमा २२२ र वडाअध्यक्षमा १९७ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १४६, उपमेयरमा १४६ र वडाअध्यक्षमा ९३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४१४, उपमेयरमा ३६३ र वडाअध्यक्षमा ३७० मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ३६, उपमेयरमा ४६मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६८ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा ३१, उपमेयरमा २७ र वडाअध्यक्षमा २६ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा १२२, उपमेयरमा १३२ मत, वडाअध्यक्षमा २१९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ ११२ वटा, उपमेयरमा ११८ वटा, वडाअध्यक्षमा ८९ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार