Saturday 20th of April 2024

रेडियो रुपान्तरण १०६.३ मेगाहर्ज आजदेखि छैठौबर्षमा प्रवेश ll

0 Shares

 गौशाला / रुपान्तरण मिडिया प्रा लिद्धारा संचालित रेडियो रुपान्तरण १०६.३ मेगाहर्ज आजदेखि छैठौबर्षमा प्रवेश गरेका छन् ।

 

महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ मा स्थापित रेडियो रुपान्तरणले सफलतापूर्वक पाँचौबर्ष पुरा गर्दै आजदेखि छैठौबर्षमा प्रवेश गरेका हुन । परिवर्तनका लागि वुलन्द आवाज, रेडियो रुपान्तरण १०६.३ मेगाहर्ज मुलनाराका साथ रेडियोले वि.सं. २०७४ सालको आजैका दिनदेखि औपचारिक रुपमा आफनो नियमित प्रसारण शुरु गरेको थिए ।

No photo description available.

रेडियोले जनचेतनामुलक सुुचना, सन्देश, समाचार, विविध मनोरन्जन लगायतका विधामा नियमित दैनिक १८ घण्टाका दरले  सेवा प्रवाह गर्दै आएका छन् । रेडियो रुपान्तरणले यस अवसरमा आफना तमाम स्रोतामित्र, विज्ञापनदाता, शुभेच्छुकहरुमा हार्दिक अभार कृतज्ञता प्रकट गरेका छन् । रेडियो समाजका लागि हरेक व्यक्तिको आवाज वन्नु नै यस रेडियोको मुख्य लक्ष्य रहेको रेडियोले जनाएको छ ।

आधुनिक समायानुकुल तवरले रेडियो प्रविधीमैत्री बन्दै जनप्रिय वनाउनका लागि आफुहरु हरपल प्रयासरत रहेको रुपान्तरण मिडया प्रा लि का अध्यक्ष नागेन्द्र साहले बताएका छन् । विगतको समयभन्दा पनि अझ समयअनुरुप यस जनमैत्री बन्नका लागि आफुहरु प्रयासरत रहेको अध्यक्ष साहले बताएका छन् ।

रेडियोलाई प्रगतिपथमा लैजानका लागि यस सहयात्रामा सहयोग गरिने तमाम संचालक सदस्य, सहयात्री कर्मचारीहरु अनि शुभेच्छुकलाई धन्यवाद दिदै रेडियोले अगामी दिनमा सहयोगको अपेक्षा राखेका छन् ।

 

प्रतिक्रिया