Saturday 5th of October 2024

गौशाला ६ मा माओवादी अघि-अघि, कांग्रेस पछिपछि

0 Shares

महोत्तरीको गौशाला नगरपालिका ६ गौशालामा आज विहान ७ बजेको मतपरिमाण अनुसार माओबादीपार्टीले अग्रता  राखेको छ । स्रोतका अनुसार १०० सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ९, उपमेयरमा ८, वडाअध्यक्षमा ४ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४२, उपमेयरमा ४२ र वडाअध्यक्षमा ४२ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ६, उपमेयरमा ६ र वडाअध्यक्षमा ६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४०, उपमेयर ४१ वडाअध्यक्षमा ४३ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ०, उपमेयरमा १मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ० मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा २, उपमेयरमा २ मत, वडाअध्यक्षमा २ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ १ वटा, उपमेयरमा ० वटा, वडाअध्यक्षमा ३ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया