गौशाला ५ मा ज.स.पा.को दबदबा जारी

महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ८ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १७ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५६७, उपमेयरमा ५६५, वडाअध्यक्षमा ५४६ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २१३, उपमेयरमा २४२ र वडाअध्यक्षमा १२० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १५०, उपमेयरमा १५१ र वडाअध्यक्षमा ९७ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४३४, उपमेयर ३८२ वडाअध्यक्षमा ३८७ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ३९, उपमेयरमा ५० मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ७२ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा १२९, उपमेयरमा १३९ मत, वडाअध्यक्षमा २२६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार