गौशाला ५ मा ज.स.पा.अगाडी

महोत्तरीको गौशाला नगरपालिका ५ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज विहान ८ः४५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १८ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५९७, उपमेयरमा ५९२, वडाअध्यक्षमा ५७६ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २३०, उपमेयरमा २५७ र वडाअध्यक्षमा १३६ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १५८, उपमेयरमा १६४ र वडाअध्यक्षमा १०५ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४६३, उपमेयर ४०५ वडाअध्यक्षमा ४११ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ४४, उपमेयरमा ५८ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ७९ मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा १३१, उपमेयरमा १४२ मत, वडाअध्यक्षमा २३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार