महोत्तरी / गौशाला नगरपालिका ६ फुलकाहामा नेकपा माओबादी केन्द्र अगाडि देखिएको छ । आज विहान १०ः३० बजेको मतपरिमाण अनुसार नेकपा माओवादी पार्टी अग्रता रहेको छ ।
निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार नेकपा माओवादी केन्द्रमा मेयरतर्फ २४१, उपमेयरमा २५६ र वडाअध्यक्षमा २७२ मत हासिल गरेका छन् । नेपाली काँग्रेसतर्फ मेयरमा २२९, उपमेयरमा २३४ र वडाअध्यक्षमा २६१ मत प्राप्त भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५५ , उपमेयरमा ४५, वडाअध्यक्षमा १५ मत हासिल गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको तर्फ मेयरमा ३२, उपमेयरमा ३० र वडाअध्यक्षमा २७ मत हासिल गरेका छन् ।
यता एमाले पार्टी तर्फबाट मेयरमा १३, उपमेयरमा १३ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ८ मत प्राप्त गरेका छन् । जनमत पाटितर्फबाट मेयरमा ९, उपमेयरमा ९ र वडाअध्यक्षमा ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।