रामवावु यादव । गौशाला नगरपालिका वडा नं. ६ को मतपरिमाणमा रस्साकस्सी देखिएको छ । आज विहान ६ बजेदेखि शुरु भएको मतगणनाको क्रममा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारवीच रस्साकस्सी देखिएको हो । \
१२५ मत परिमाण आउन वाँकी रहेको समयमा नेपाली काँग्रेसले ५७८ मत प्राप्त गरेका छन भने ५६३ मत नेकपा माओबादी केन्द्रले प्राप्त गरेका छन् । मतगणनाको क्रममा दुवै पार्टीको उम्मेदवारकोविचमा कडा प्रतिस्पर्धा देखिएको छ । कुनै वेला नेपाली काँग्रेस अग्रता कायम राख्दछन भने कुनै वेला नेकपा माओवादी केन्द्र अगाडि हुने गरेको छ । उतारचढावले गर्दा त्यसवडाको मतपरिमाण चासोको विषय बन्दै गएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष चन्द्रप्रभा यादव रहेका छन भने नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार रामसोगारथ यादव रहेको छन् ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहको गृह नगर रहेको सो वडामा नगरकै पहिलो महिला वडाअध्यक्षको रुपमा उम्मेदवारी दिएकी हुन् ।
१८३३ मतदाता रहेको गौशाला नगरपालिका वडा नं. ६ मा १४२४ मत खसेको थियो ।