Tuesday 14th of January 2025

जनकपुरधाम-४ मा लुटपाटपछि घरमा आगजनी, ५० लाख बढीको क्षति

0 Shares

दिपक कर्ण

जनकपुरधाम / अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एक घरमा लुटपाट गरी आगजनी गरेको छ । अज्ञात समूहले कटैया चौरीस्थित स्थानीय अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको हो ।

साहको घरमा मनरा शिस्वा नगरपालिका–९ बथनाहाका राजकुमार झा परिवारसहित बस्दै आएका थिए । आगजनीमा परी तीन वटा एसी, फ्रिज, लत्ताकपडा, अलमिरा , सोफासेट, एलइडीलगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् ।

आगजनीमा कोठाको झ्याल, ढोका भेन्टिलेटर लगायतका सामानहरूसमेत जलेको छ । आगजनीअघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद, पाँच तोला सुनको गहना, १० तोला चाँदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ ।

घटना राति भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखेपछि झाको परिवारजनलाई खबर गरेका थिए । झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेरभित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । – फरकधार 

प्रतिक्रिया