राजेन्द्र महतोको गृहपालिकामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी

सर्लाही / चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार महतो निर्वाचित भएका हुन्।

उनले ३ हजार ९९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छन्। ३ हजार ८६० मत ल्याएर गीता देवी उपाध्यक्षमा विजयी हुँदा कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छन्।

यो पालिका लोसपाका बरिष्ठ नेता राजेन्द्र महताको गृह नगर हो। उनको घर रहेको वडा नं.२ ववरगंजमा समेत काँग्रेसले वडाध्यक्ष जितेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार