गौशाला ५ को वडाअध्यक्षमा गुप्ता विजयी ।।

महोत्तरी / गौशाला नगरपालिका वडा नं. ५ को वडाअध्यक्षमा ओमप्रकाश गुप्ताले २१३ मतले विजयी भएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार दिएका गुप्ता ७०१ मत ल्याएर विजयी भएका हुन । उनको निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार एवम् निवर्तमान वडाअध्यक्ष धर्मेन्द्र साहले ४८८ मत ल्याएका हुन । नेकपा माओवादी पार्टीका उम्मेदवार सुरेश गुप्ताले ३०५ मत ल्याएका हुन । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सुनिलचन्द्र झाले १२८ मत ल्याएका हुन । त्यस्तै नेकपा एमालेका उम्मेदवार विकास साहले १०६ मत ल्याएका हुन । राप्रपाका उम्मेदवारले ४० मत हासिल गरेका छन् । ३२४७ मतदाता रहेको गौशाला नगरपालिका वडा नं. ५ मा २२९१ मत खसेका थिए । त्यसमध्ये १७१ मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वजार विकास नै पहिलो प्राथामिकता : वडाअध्यक्ष गुप्ता
गौशाला वजारको विकास नै पहिलो प्राथामिकतामा पर्ने नवनिर्वाचित वडाअध्यक्ष ओमप्रकाश गुप्ताले बताएका छन् । निर्वाचित भएलगतै रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा वडाअध्यक्ष गुप्ताले गौशाला वजारलाई आधुनिक शहरको रुपमा स्थापित गर्ने धारणा राखेका छन् । गुप्ताले अगाडि भने, ‘मेरो उम्मेदवारी नै वजारको चौतर्फी विकास रहेको थियो । अव मैले जनमत पाएको छु । मेरो पहिलो प्राथामिकता वजार विकास रहेको छ । नगरपालिका लगायत सरोकारवाला निकायसँग पहल गरेर म यसलाई स्मार्ट सिटी बनाउनेछु ।’ जनतालाई सहज सुलभ तवरले सुशासनको अनुभुति हुने किसिमले विकास निर्माणको कार्यसम्पादन गरिने गुप्ताले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार