गौशाला ६ को वडाअध्यक्षमा नेपाली काँग्रेसका यादव विजयी ।।

महोत्तरी / गौशाला नगरपालिका वडा नं. ६ को वडाअध्यक्षमा रामसोगारथ यादव विजयी भएका छन् । आफना निकटम प्रतिद्धन्द्धिसँग २२ मतले विजयी भएका हुन् ।

No description available.

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएका यादवले ६३७ मत ल्याएर विजयी भएका हुन । यस्तै उनको निकटम प्रतिद्धन्द्धी नेकपा माओबादी केन्द्रकी उम्मेदवार चन्द्रप्रभा यादवले ६१५ मत ल्याएका थिए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ६० मत ल्याएका हुन भने नेकपा एमालेका उम्मेदवारले २० मत ल्याएका हुन । यता जसपाका उम्मेदवारले २३ मत प्राप्त गरेका हुन ।

जनमत पार्टीले १९ मत हासिल गरेका हुन । सो वडामा ६० मत वदर भएका थिए । १८३३ मतदाता रहेको सो वडामा १४२४ मत खसेको थियो । यो सँगै गौशाला नगरपालिकाको १२ वडामध्ये ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । मतपरिमाणअनुसार ३ वटा जनता समाजवादी पार्टी र ३ वटा वडामा नेपाली काँग्रेसका वडाअध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार