मतपेटिकामा फर्जी मत हालेर निर्वाचनमा धाँधली गरियो : रघुवीर महासेठ

काठमाडौं / नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले कांग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाए। उनले सिधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भए पनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।

महासेठले खसेको मतभन्दा बढी मत भेटिए पनि त्यसलाई मान्यता दिएको आरोप लगाए। मधेशका विभिन्न स्थानीय तहमा कांग्रेसले आक्रमण गरी मतदान रद्ध गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मतभन्दा बढी मतपत्र फेला परको उनको आरोप छ।

उनले गठबन्धन सरकारले अबिलम्व यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार