जसपाका उम्मेदवार डा दिपेन्द्र महतोले १ हजार २ सय २९ मतले अग्रता ll

गौशाला / गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार अग्रता कायम राखेको छ । ६ वटा वडामा प्राप्त भएको मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा दिपेन्द्र महतोले १ हजार २ सय २९ मतले अग्रता कायम राखेका हुन । महतोले ४ हजार ३ सय ३७ मत हासिल गरेका छन् ।

उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार वसन्त गुरुगले ३ हजार १ सय ८ मत ल्याएका हुन् । त्यस्तै नेकपा माओबादीका उम्मेदवार विष्णु लामाले २ हजार २ सय १५ मत हासिल गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतोले १ हजार ७ सय ८ मत प्राप्त गरेको हो । त्यस्तै उपमेयरतर्फ पनि जनता समाजवादी पार्टीकी उम्मेदवार निकटम प्रतिद्धन्द्धी मतले अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार जनता समाजवादी पार्टीकी उम्मेवार रेणुकुमारी महतोले ४ हजार १ सय ८३ मत प्राप्त गरेकी छिन । महतो १ हजार २ सय ५३ मतअन्तरले अगाडि भएकी हुन । महतोकी निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुशिला कुशवाहाले २ हजार ९ सय ३० मत हासिल गरेकी हुन । यता माओवादीकी जनकदुलारी साहले २ हजार ३ सय ४१ मत हासिल गरेकी हुन भने लोकतान्त्रिक समाजवादी पार्टीकी लालकुमारी लामाले १ हजार ७ सय ७४ मत प्राप्त गरेकी हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार