गौशाला न.पा.७ मा माओवादी एक मतले अगाडी

महोत्तरीको गौशाला नगरपालिका ७ गौशालामा माओवादी पार्टीका मेयरतर्फका उम्मेदवार विष्णु बहादुर यौनजन एक मतले अग्रता कायम गरेको छ । आज साँझ ६.४५ बजेको मतपरिमाण अनुसार माओवादी पार्टी एक मतले अग्रता राखेको छ । स्रोतका अनुसार तीन सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ९२, उपमेयरमा ९२, वडाअध्यक्षमा ८९ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ९३, उपमेयरमा ९३ र वडाअध्यक्षमा ७८ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १४, उपमेयरमा १४ र वडाअध्यक्षमा १३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ३५, उपमेयरमा ३८ र वडाअध्यक्षमा ३९ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १४, उपमेयरमा १४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ८ मत प्राप्त, स्वतन्त्र तर्फ मेयरमा ७, उपमेयरमा ७ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार