Friday 19th of April 2024

गौशाला–७ मा चौधरी विजय, जसपा अग्रता कायमै

0 Shares

रामबाबु यादव

गौशाला / महोत्तरीको गौशाला नगरपालिका वडा नं. ७ जमुनियाँमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरी ४७१ मत प्राप्तगरी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गौशालाले दिएको जानकारी अनुसार वडाध्यक्ष चौधरीले २२४ मत अन्तरले विजयी हासिल गरेका छन् । वडा अध्यक्ष चौधरीले ४७१ मत ल्याएर विजयी भएका हुन । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार किशुन देव कुमार २४७ मत प्राप्त गरेका छ ।

त्यस्तै नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार रुद्र नरायण चौधरी २०८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । गौशाला जनता समाजवादी पार्टी ((जसपा) नेपाल अहिले सम्म ४ वडामा जित हासिल गरेका छन् ।

यसैबीच, गौशाला नगरपालिकाको वडा नं. १ देखि ७ सम्मको मतपरिणम अनुसार जनता समाजवादी पार्टी नेपाल मेयर पदका उम्मेदवार डा.दिपेन्द्र महतोले ५३९८ मत प्रप्तगरी अग्रता कायमै राखेका छन् भने नेपाली काग्रेस पार्टीका मेयर पदका प्रत्याक्षी उमेदवार वसन्त कुमार गुरुङले ३७६८ मत प्रप्तगरी दोस्रो स्थानमा रहेका छन् ।

नेकपा माओवादी केन्द्रका मेयर पदका प्रत्याक्षी उमेदवार विष्णु लामा ३१३० प्राप्तगरी तेस्रो स्थानमा रहेका छन् । १८३३ मतदाता रहेको वडा नं. ७ मा १४४२ मत खसेको थियो । जसमध्ये ९४ मत वदर भएका थिए भने १३४८ मत सदर भएको थियो ।

प्रतिक्रिया