गौशाला ८ मा माओवादीको अग्रता

महोत्तरीको गौशाला नगरपालिका ८ गौशालामा माओवादी पार्टीको अग्रता रहेको छ । आज विहान ७.३० बजेको मतपरिमाण अनुसार माओवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १७ सय तिरपन्नको मतपरिमाण अनुसार माओवादी पार्टीको मेयरतर्फ ५७७, उपमेयरमा ५८५, वडाअध्यक्षमा ६६० मत हासिल गरेको छ । त्यस्तै जनता समाजवादी पार्टितर्फ मेयरमा ४३८, उपमेयरमा ४११ र वडाअध्यक्षमा ३२३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १०७, उपमेयरमा ११६ र वडाअध्यक्षमा ७८ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४२८, उपमेयरमा ४०४ र वडाअध्यक्षमा ५४९ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ४०, उपमेयरमा ३६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३३ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा १२, उपमेयरमा १७ र वडाअध्यक्षमा ० मत प्राप्त, जनमत पाटितर्फबाट मेयरमा १३, उपमेयरमा १४ मत, वडाअध्यक्षमा १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत रहेको पाईएको छ । मेयरतर्फ १०२ वटा, उपमेयरमा १०९ वटा, वडाअध्यक्षमा ९२ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार